काठमाडौं, २४ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ बजे काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् ।
काठमाडौं तेस्रो र लुम्बिनी चौथो स्थानमा छ । लिग चरणको खेलमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो ।
आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग बिहीबार खेल्नेछ ।














