काठमाडौं, २३ मंसिर । जेन–जी आन्दोलनका क्रममा टीओबी (तिब्बतीयन ओरिजनल ब्लड) लेखिएको ज्याकेट लगाएर प्रदर्शनमा सहभागी बनेका तेन्जिङ दावालाई काठमाडौं जिल्ला अदालतले ५ लाख २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
अभद्र व्यवहार, लिखतसम्बन्धी मुद्दा र नागरिकता–राहदानीसम्बन्धी कसुरमा अभियोग लगाइएका दावाबाट प्रहरीले गाँजा समेत बरामद गरेको थियो ।
भदौ २३ गते बिजुलीबजार क्षेत्रमा बाइक पड्काउँदै नारा जुलुस गर्दै भीडलाई उक्साएको आरोप उनीमाथि छ । टीओबीसँग सम्बन्धित १३ बुलेट र एक पल्सर मोटरसाइकल प्रहरी नियन्त्रणमै रहेका छन् ।
हिरासतमा रहँदा दावाले आफूले भीडलाई उत्तेजित गरेको गल्ती स्वीकारेको प्रहरीले जनाएको छ ।














