काठमाडौ., २२ मंसिर । काठमांडौको सिनामंगलमा नेपाल प्रहरीका असई पुष्कर कार्कीले आफ्नै चार महिनाको छोराको घाँटी थिचेर हत्या गरेका छन् ।
ब्रेन ट्युमरका कारण उपचाररत छोराको विषयमा श्रीमती कृष्णा कुँवरसँग विवाद भएपछि उनले हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
घटनापछि भागिरहेका कार्कीलाई नागढुंगाबाट प्रहरीले पक्राउ गरी हिरासतमा राखिएको छ । कार्कीले प्रहरी जवानसमेत रहेकी श्रीमतीलाई कुटपिट गरेको र उनी अहिले महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचाररत रहेको प्रहरीले जनाएको छ ।














