जनकपुर, २१ मंसिर । नवगठित मधेश प्रदेश सरकारले एमाले नेतृत्वको मन्त्रालयले कात्तिक २३ देखि मंसिर १७ सम्म गरेका सबै क्याबिनेट निर्णयहरू बदर गरेको छ ।
मुख्यमन्त्रीमा रहेका सरोज यादवले सर्वोच्च अदालतको परमादेशपछि पनि विभिन्न नियुक्ति र कर्मचारी सरुवाका निर्णय गरेका थिए, जसलाई पनि रद्द गरिएको छ ।
सरकारले प्रदेश सचिव जयकुमार घिमिरेलाई निमित्त प्रमुख सचिवको जिम्मेवारी दिएको छ । क्यान्सर, मिर्गौला, मुटुजस्ता गम्भीर रोगका बिरामीलाई दिइँदो आर्थिक सहायता निरन्तरता दिने निर्णय गरिएको छ ।
यसबाहेक शीतलहर, बाढी, डुबान, आगलागी जस्ता सम्भावित जोखिमलाई ध्यानमा राखी विपद् पूर्वतयारी, खोज–उद्धार, राहत र पुनःस्थापना कार्यलाई अघि बढाउने निर्णय पनि गरिएको छ ।














