काठमाडौै, १९ मंसिर । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी आइतबारसम्म थुनामै रहने भएका छन् ।
शुक्रबार विशेष अदालतमा भएको बयानपछि थुनछेक बहस चल्दै गर्दा न्यायाधीशले मुद्दा हेर्न नमिल्ने प्रश्न उठाएपछि सुनुवाइ स्थगित गरिएको हो।
त्यसअनुसार इजलासले मुद्दा आइतबारका लागि तोकेको छ । त्यसअघिसम्म अधिकारीलाई अख्तियारकै जिम्मामा राखिने विशेष अदालतका उपरजिस्ट्रार मुकुन्द निरौलाले बताए ।














