काठमाडौं, १९ मंसिर । सरकारले ११ जना राजदूतलाई परराष्ट्र मन्त्रालयमा फिर्ता बोलाएकोमध्ये हालसम्म ६ जनाले राजीनामा दिएका छन् ।
रुसका जंगबहादुर चौहान र मलेसियाका डा. नेत्रप्रसाद तिमल्सिना पछिल्लो हुन् । अमेरिकाका लोकदर्शन रेग्मी, चीनका कृष्णप्रसाद ओली, बेलायतका चन्द्रकुमार घिमिरे र कतारका रमेशचन्द्र पौडेलले यसअघि नै राजीनामा गरिसकेका थिए ।
सर्वोच्चले फिर्ता बोलाउने सरकारी निर्णयमा अन्तरिम आदेश दिएपछि सरकारले उनीहरूलाई घुमाउरो रूपमा मन्त्रालयमा हाजिर गराउने व्यवस्था गरेको थियो ।
बाँकी पाँच राजदूत भने मन्त्रालयमा नियमित हाजिर भइरहेका छन् र सर्वोच्चको फैसलापछि मात्र आफ्नो निर्णय लिने बताइएका छन् ।














