काठमाडौं, ११ कार्तिक । निर्वाचनको तयारी र वातावरण निर्माणका लागि सरकारले पहिलो पटक सरकार, राजनीतिक दल र जेनजीबीच त्रिपक्षीय बैठक आयोजना गरेको छ ।
बैठक बुधबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुनेछ । यसअघि कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच सर्वदलीय छलफल भई निर्धारित समयमा निर्वाचन सम्पन्न गर्ने सहमति बनेको थियो ।
अहिले सरकारले निर्वाचन आयोगसँग पनि तयारी र समन्वयका काम अघि बढाइरहेको छ ।













