विराटनगर, २५ असोज । शनिबार साँझ साढे ५ बजे सुनसरीको रामधुनी नगरपालिका–२ तनमुनामा सिटी सफारी चालक स्थानीय ४७ वर्षीय दिनेशकुमार चौधरीको हत्या भएको छ ।
प्रहरीका अनुसार उनको छातीमा गोली हानेको जस्तो दाग देखिएको छ ।
कर्मनिया टोलस्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १–०२–००४ ह ७८०४ नम्बरको सिटी सफारी रोकेर चालकलाई मोटरसाइकलमा आएको ३ जनाको टोलीले हत्या गरेको हो ।
सडकमा रोकेर राखेको सिटी सफारीबाट करिब २०० मिटर टाढा चालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाले जानकारी दिए ।
सिटी सफारी चालक रक्ताम्य अवस्थामा लडेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।














