जनकपुर, २३ असोज । चार महिनादेखि तलब नपाएपछि सप्तरीको खडक नगरपालिकाका शिक्षकहरूले नगर कार्यालयमा तालाबन्दी गरेका छन् ।
दशैंको मुखमा आर्थिक संकट झेल्दै आएका शिक्षकहरूले “भोकै पेटले पढाउन सकिन्न“ भन्दै आन्दोलन सुरु गरेका हुन् ।
नगर कार्यपालिकाले तलब दिने निर्णय गरिसक्दा पनि नगरप्रमुख जयप्रकाश चौधरीले आवश्यक हस्ताक्षर नगर्दा प्रक्रिया अघि नबढेको प्रशासकीय अधिकृतको भनाइ छ ।
तालाबन्दीका कारण विद्यालयहरू बन्द छन्, पठनपाठन ठप्प भएको छ, र विद्यार्थी तथा अभिभावकहरू समस्यामा परेका छन् ।














