काठमाडौं, १० भदौं । आगामी असोज १ गतेभित्र सवारी साधनमा इम्बोस्ड नम्बर जडान नगरे पनि जरिवाना नलाग्ने भएको छ ।
यातायात व्यवस्था विभागले मंगलबार विज्ञप्ति जारी गरी असोज १ गतेभित्र इम्बोस्ड नम्बर प्लेट जडान नगरे जरिवाना हुने भन्ने हल्लाको पछि नलाग्न भनेको हो ।
’इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धमा सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारीसाधनहरूमा क्रमशः जोड्दै लैजाने निर्णय भएको तर मिति २०८२ असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रम समेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्डजरिवाना नगरिने व्यहोरा समेत स्पष्ट पारिन्छ,’ विज्ञप्तिमा भनिएको छ । 
’साथै, आफूलाई अनुकूल भएको समयमा सवारी दर्ता गरेको यातायात कार्यालयमा गई स्वस्फूर्त ढंगले इम्बोस्ड नम्बर प्लेट जडान गरी डिजिटलाइजेसन कार्यमा सहयोग गर्नसमेत अनुरोध गरिन्छ ।














