काठमाडौँ, १० भदौं । प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिका लागि मंगलबार मनोनयन दर्ता हुँदैछ ।
मनोनयन दर्ताको समय दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि तय गरिएको छ । सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र बुधबार दिउँसो १ बजे निर्वाचन गर्ने तालिका छ ।
राज्यव्यवस्था समिति सभापतिको पद साउन २८ गतेदेखि खाली छ । तत्कालीन सभापति रामहरि खतिवडाले राजीनामा दिएका थिए । त्यसपछि पछि रिक्त पदमा निर्वाचन हुन लागेको हो ।














