काठमाडौं, ८ भदौं । जनता समाजवादी पार्टी (जसपा) ले संघीय सरकारमा पार्टीका तर्फबाट सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नियुक्ति गर्ने तयारी गरेको छ ।
स्रोतका अनुसार खानेपानीमन्त्री प्रदीप यादव र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीलाई पार्टीले फिर्ता बोलाउने निर्णय गरेको छ ।
अध्यक्ष अशोक राईले खानेपानी मन्त्रालयका लागि वीरेन्द्र महतोलाई र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि रञ्जु झाको नाम प्रधानमन्त्रीलाई सिफारिस गरेका बताइएको छ ।














