जनकपुर, ७ भदौ । तत्मा समुदायभित्र सामाजिक, सांस्कृतिक तथा बौद्धिक चेतना प्रवद्र्धन गर्ने उद्देश्यले गठित तत्मा बौद्धिक समाज धनुषाले शनिबार धनुषाधाम नगरपालिका–६ स्थित हरिपुरमा वडा स्तरीय समिति गठन गरेको छ ।
कार्यक्रम समाजका केन्द्रीय अध्यक्ष ई. रामबाबु दासको रोहबरमा सम्पन्न भएको थियो भने अध्यक्षता बुदुर दासले गरेको थियो । प्रमुख अतिथिमा समाजसेवी देब सागर दास थिए ।
कार्यक्रममा उपाध्यक्ष उपेन्द्र दास, कोषाध्यक्ष राम वृक्ष दास, सदस्यहरू राजेश कुमार दास र निर्गुन कुमार दास लगायत समाजका अन्य सक्रिय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
नवगठित ७ सदस्यीय वडा समिति यसप्रकार रहेको छ :
अध्यक्ष : अरबिन्द कुमार दास
उपाध्यक्ष : रामनाथ दास
सचिव : रामभजन दास
सह–सचिव : पुनिता देवी दास
कोषाध्यक्ष : बुदुर दास
सदस्य : अमिलाल दास
सदस्य : राम अशिष दास
यसैगरी, नवगठित समितिमा सल्लाहकारको रूपमा निम्न व्यक्तिहरू रहनु भएको छ :
राम शरण दास
सुरेश दास
लक्ष्मी दास
समाजका अध्यक्ष ई. रामबाबु दासले आफ्नो मन्तव्यमा समाजभित्र एकता, शिक्षामा पहुँच र समावेशीताको सन्देश फैलाउनु आवश्यक रहेको बताए ।
प्रमुख अतिथि देब सागर दासले समाजको सशक्तीकरणका लागि यस्तो संरचनागत विस्तार समयसापेक्ष कदम भएको बताए । कार्यक्रम स्थानीय समुदायको बाक्लो उपस्थिति र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।














