काठमाडौं, ५ भादौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालयको आज उद्घाटन हुँदैछ ।
नयाँ बानेश्वर नजिकै रहेको थापा गाउँमा भण्डारीको सम्पर्क कार्यालय उद्घाटन गर्न लागिएको हो । ‘मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालयका नामबाट उक्त भवनको उद्घाटन गर्ने तयारी छ ।
‘मदन भण्डारी ७५ औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’का संयोजक डोरमणि पौडेलले दिउँसो २ बजे कार्यालयको उद्घाटन हुने जानकारी दिए ।
उद्घाटन समारोहमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि सम्बोधन गर्ने तय भएको छ ।














