रौतहट, ४ भदौ । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ ।
रौतहटका प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार गौरनगरपालिका ५ गौरीशंकर कलेज अगाडि विवादको क्रममा छुरा प्रहार गरी अन्दाजी २२ वर्षीय युवकको हत्या भएको छ ।
डीएसपी कार्कीका अनुसार बुधवार दिउँसो २ः४० बजे रौतहटको यमुनामाइ गाउँपालिका–५ का २२ वर्षीय सहाबुद्दीन मियामाथि छुरा प्रहार भएको थियो ।
गम्भीर घाइते अवस्थामा युवकलाई प्रादेशिक अस्पताल गौरमा उपचारको लागि लैजाने क्रममा उनको मृत्यु भएको डीएसपी कार्कीले बताए ।
घटना स्थलबाट छुरा प्रहार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौर नगरपालिका–३ का युवक मनोज राम रहेका छन् ।
पक्राउ परेका उनीमाथि कारबाही तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।














