काठमाडौं, ३ भादौं । अमेरिका भ्रमण रहेकी उपसभामुख इन्दिरा राना मगर र कांग्रसका नेता डा. शेखर कोइरालाबीच फोनवार्ता भएको छ ।
कांग्रेस एमालेले उपसभामुखको आचरणमा प्रश्न उठाउँदै हटाउन हस्ताक्षर संकलन गरेपछि उपसभामुख रानाले कोइरालासँग कुराकानी गरेकी हुन् ।
कांग्रेस नेता कोइराला रानालाई हटाउन नहुने पक्षमा छन् । शेखर निकट एक नेताले भने, ‘उपसभामुखले नै शेखर दाइलाई फोन गर्नुभएको थियो ।
छोटो कुराकानी भयो । उपसभामुखलाई हटाउन कांग्रेसले पार्टीका सांसदहरूको खालि कागजमा हस्ताक्षर संकलन गरिरहेको भएपनि शेखरसहित उनी पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन् ।
गत वर्ष पनि प्रधानमन्त्री केपी ओलीले रानालाई पदबाट हटाउनुपर्ने प्रस्ताव राख्दै कोइराला विपक्षमा उभिएपछि कांग्रेसभित्र सहमति नजुटेपछि विफल भएको थियो ।














