काठमाडौं, ३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामाथि मानव तस्करीको आरोप प्रमाणित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ बसेको कांग्रेससँगको बैठकमा उपसभामुख हटाउने प्रस्ताव गरेको थियो ।
रास्वपाले मानव तस्करीको मुद्दा उठाएर संसदमा विरोध गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले रास्वपामै मानव तस्कर भएको आरोप लगाएको थियो ।
बालुवाटार बैठकबार,े रास्वपा उपसभापति डीपी अर्यालले आरोप प्रमाणित गर्न प्रधानमन्त्री ओलीलाई चुनौती दिएका हुन् ।
विकसित घटनाक्रमपछि सिंहदरबारमा बसेको विपक्षी दलको बैठक कक्षमा प्रवेश गर्नुअघि भने ‘उपसभामुख मानव तस्कर भएको प्रमाणित गर्नुस्, हामीले संसद्मा उठाएको मानव तस्करको विषय पुष्टि गर्छौं ।’














