विराटनगर, २८ साउन । सुनसरीको दुहबी नगरपालिका–४ शिव मन्दिर चोकमा निर्माणाधीन घरको सेफ्टी ट्यांकीभित्र दुई पुरुषको शव भेटिएको छ ।
मृतकहरू सोही नगरपालिकाका ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राई रहेको मोरङ प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए ।
तामाङ उक्त घर निर्माणका पेटी ठेकेदार र राई कामदार भएको प्रहरीले जनाएको छ ।
बुधबार बिहान १० बजेतिर निर्माण हुँदै गरेको चन्द्रिका रौनियारको घरको सेफ्टी ट्यांकीभित्र उनीहरू मृत भेटिएको खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।














