काठमाडौंं, १८ चैत । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले आयोजना गर्ने एनएनआइपिए स्पोर्टस् अवार्डको २०औँ संस्करणको तयारी पूरा भएका छन् ।
कार्यक्रम आगामी चैत २० गते काभ्रेपलाञ्चोकको बनेपास्थित चण्डेश्वरी मन्दिरमा आयोजना हुनेछ, जुन पहिलोपटक उपत्यकाबाहिर हुँदैछ । अवार्डमा नेपाल ओलम्पिक कमिटीमा आबद्ध २६ खेलका उत्कृष्ट खेलाडीहरू सम्मानित हुनेछन् ।
साथै एक पुरुष र एक महिला सर्वोत्कृष्ट खेलाडी, एक पाका खेल व्यक्तित्व, एक खेल पत्रकार र एक पारा खेलाडीलाई पनि पुरस्कृत गरिनेछ ।
विजेताहरूलाई विभिन्न विधाअनुसार नगद पुरस्कारसहित सम्मान गरिने आयोजकले जनाएको छ । कार्यक्रममा सांस्कृतिक प्रस्तुति र खेल क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ ।














