काठमाडौं, १३ फागुन । धरान उपमहानगरपालिका–१७ डाँडाघोपामा धरान एयरपोर्ट निर्माणको नाममा करिब अढाइ वर्षदेखि रोक्का राखिएका जग्गा फुकुवा गरिएको छ ।
तत्कालीन नगर प्रमुख हर्कराज साम्पाङ राईको निर्णयअनुसार रोक्का गरिएका पाँच सयभन्दा बढी घरपरिवारका जग्गा कार्यवाहक मेयर अइन्द्र विक्रम बेघाको पहलमा फुकुवा भएका हुन् ।
एयरपोर्ट नबन्ने टुंगो लागिसक्दा पनि रोक्का नखुलेपछि स्थानीय जग्गाधनीहरू मर्कामा परेका थिए। यति इन्कर्पोरेटले खरिद गरेको ६ विघा बाहेकका सबै जग्गाको बिक्री–वितरण सिफारिस खुला गरिएको कावा मेयर बेघाले जानकारी दिए ।
यसअघि नागरिक उड्ययन प्राधिकरणले डाँडाघोपामा एयरपोर्ट निर्माण प्राविधिक रूपमा सम्भव नरहेको निष्कर्ष निकालेको थियो ।














