जनकपुर, १२ फागुन। नेपाली कांग्रेस धनुषा क्षेत्र नं. ०४ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार महेन्द्र यादव को प्रमुख उपस्थितिमा जनकपुर उपमहानगरपालिका वडा नं. ०९ मा पार्टी प्रवेश कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमिति सदस्य डा. बजरंग यादव, जनकपुर उपमहानगरपालिका वडा नं. ०९ का उपसभापति हरि शंकर यादव तथा नेपाली कांग्रेस धनुषा क्षेत्र नं. ०४ (क) का युवा परिचालन समितिका संयोजक मो. अताउल हक को विशेष उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा जनकपुर ९ निवासी चिल्ड्रेन होली प्यालेस हाई स्कुलका संस्थापक, एन–प्यावसनका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार देवनाथ पाण्डेय र ॐ इन्टरनेशनल स्कुलका संस्थापक तथा जसपा नगरका पूर्व सह–सचिव शिव शंकर मिश्रले नेपाली कांग्रेसमा औपचारिक रूपमा प्रवेश गरेका छन।
नवप्रवेशी व्यक्तित्वहरूले नेपाली कांग्रेसको नीति, विचार र लोकतान्त्रिक मूल्यप्रति आस्था राख्दै पार्टीलाई सुदृढ बनाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।
कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताहरूले नवप्रवेशीहरूलाई फूलमाला र खादा ओढाएर हार्दिक स्वागत गर्दै सफल राजनीतिक यात्राको शुभकामना व्यक्त गरेका थिए।














