काठमाडौं, १२ फागुन । रास्वपाका सभापति रवि लामिछानेले चुनाव सार्ने भए चार दिन अगाडि ल्याउन सकिने प्रस्ताव गरेका छन् ।
इटहरीमा आयोजित चुनावी सभामा उनले चुनाव टार्ने बहस बन्द गरी समयमै निर्वाचन गराएर नतिजा स्वीकार गर्नुपर्ने बताए । उनले लोकतन्त्र कसैको ठेक्का नभएको भन्दै सचेत जनताले नै लोकतन्त्र जोगाउने विश्वास व्यक्त गरे ।
रास्वपा सरकार आएपछि २०४६ सालपछि भएका सबै काण्डको छानबिन हुने, साना बचतकर्ताको रकम १०० दिनभित्र फिर्ता प्रक्रिया सुरु गरिने दाबी गरे ।
सुकुम्बासी बस्तीमा डोजर चल्ने भ्रम अस्वीकार गर्दै भ्रष्टाचारीमाथि मात्रै कारबाही हुने स्पष्ट पारे। साथै, शिक्षकलाई राजनीतिक विवादभन्दा शिक्षाको गुणस्तर र स्मार्ट क्लासरुममा ध्यान दिन आग्रह गरे ।














