काठमाडौं, ११ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारबाट हटेपछि देश ड्राइभरबिनाको गाडीजस्तो भएको टिप्पणी गरेका छन् ।
झापा जिल्लामा आयोजित चुनावी सभामा बोल्दै उनले देशलाई सही दिशामा अघि बढाउन आफू पुनः सरकारमा आउन आवश्यक रहेको दाबी गरे ।
अध्यक्ष ओलीले प्रधानमन्त्री बन्ने कुरा गम्भीर जिम्मेवारी भएको उल्लेख गर्दै ख्यालख्यालमै दाबी गर्ने प्रवृत्तिप्रति कटाक्ष गरे । आफू स्पष्ट योजना र गन्तव्यसहित अघि बढेको उनले बताए ।














