जनकपुर, ११ फागुन । नेपाली कांग्रेसका उम्मेदवारले धनुषा–४ मा चुनावी अभियानलाई तीव्र बनाएका छन् ।
घरघरमा पुगेसँगै यहाँको चुनावी माहोल तातिएको छ । सोही क्रममा उनले सोमबार धनुषाको मिथिला बिहारी नगरपालिका वार्ड नं ९ अन्दोपट्टी कटरैत र वार्ड नं ६ सिरसियामा घरदैलो गरेका हुन् ।
यादबले आफ्नो पक्षमा राम्रो माहोल बनिरहेको घरदैलोका क्रममा बताए । भोट माग्दै जनताको घरदैलोमा पुग्दा मतदाताहरुले शुभकामना दिएका थिए ।














