काठमाडौं, १३ माघ । सामाजिक सञ्जालमार्फत तथ्यहीन अभिव्यक्ति तथा गालीबेइजती गरेको आरोपमा ‘युवराज सफल’ भनिने युवराज पौडेल पक्राउ परेका छन् ।
महान्यायाधिवक्ता र महान्यायाधिवक्ताको कार्यालयलाई लक्षित गरी अपशब्द प्रयोग गरेको आरोपपछि महान्यायाधिवक्ताको कार्यालयले प्रहरीलाई कारबाहीका लागि पत्र पठाएको थियो ।
त्यसपछि प्रहरीले उनलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको जनाएको छ ।














