काठमाडौं, १० माघ । घरेलु मैदानमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले पहिलो जित हात पारेको छ ।
टीयू क्रिकेट मैदानमा जिम्बाबेले दिएको १३० रनको लक्ष्य नेपालले ३ बल बाँकी रहँदा ४ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा उपकप्तान पूजा महत्तोले अविजित अर्धशतक प्रहार गर्दै ३० बलमा ५२ रन बनाइन् ।
यसअघि जिम्बाबेले २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो । सुरुवाती दुई खेलमा पराजित नेपालले यस खेलबाट प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।














