काठमाडौँ, २ माघ । प्रतिनिधिसभा निर्वाचनको तयारीस्वरूप निर्वाचन आयोगले आजदेखि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछ ।
प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत ६ माघमा हुने उम्मेदवारी मनोनयनअघि कार्यालय सञ्चालनमा ल्याई कर्मचारी खटाउने तयारी गरिएको हो ।
आयोगका अनुसार ७७ जना मुख्य निर्वाचन अधिकृत र ८८ जना निर्वाचन अधिकृत तोकिएका छन् । मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश र निर्वाचन अधिकृत न्याय सेवाका द्वितीय श्रेणीका अधिकृत रहनेछन् ।














