काठमाडौं, ११ पुस । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गर्ने समूहले पार्टी नेतृत्वलाई औपचारिक रूपमा स्मरण पत्र बुझाएको छ ।
निर्धारित समयमा नियमित महाधिवेशन हुने संकेत नदेखिएपछि उक्त समूहले शुक्रबार स्मरण पत्र पेस गरेका हुन् ।
समूहका तर्फबाट नेता देवराज चालिसेले नियमित महाधिवेशन सम्भव नदेखिएको अवस्थामा विशेष महाधिवेशन नै एकमात्र विकल्प भएको धारणा राख्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्मरण पत्र बुझाइएको जानकारी दिए ।
देशभर हस्ताक्षर अभियान सञ्चालन गरेको उक्त समूहले यसअघि २९ असोजमा विशेष महाधिवेशनको मागसहित २ हजार ४ सय ८८ जना प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति खड्कालाई बुझाइसकेको थियो ।















