काठमाडौं, २८ मंसिर । जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाहरूले आफ्ना मागहरू पूरा गर्न दबाब दिँदै सिंहदरबार गेटमा धर्ना दिएका छन् ।
आइतबार दिउँसो सिंहदरबार गेटमा भेला भएका उनीहरूले शान्तिपूर्ण रूपमा धर्ना कार्यक्रम गरेका हुन् ।
धर्नास्थलमा प्रहरीको उपस्थिति रहेको छ भने प्रहरीले धर्ना स्थगित गरी वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरेको छ । हाल धर्ना जारी रहेको र वार्ताका लागि पहल भइरहेको जनाइए ।














