काठमाडौं, २७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश–काठमाडौँ सम्पर्क विभाग गठन गरिएको छ ।
काठमाडौँको बानेश्वरस्थित कृष्णभोग पार्टी प्यालेसमा आयोजित एक विशेष कार्यक्रमका बीच मधेश प्रदेशका आठवटै जिल्लाबाट आएका २०० भन्दा बढी ‘घन्टी मित्र’हरूको सहभागितामा उक्त विभाग गठन गरिएको हो ।
मधेश प्रदेश समिति तथा प्रदेश संगठन विभागको आयोजनामा सम्पन्न कार्यक्रममा प्रदेश सभापति एवं केन्द्रीय सदस्य तपेश्वर यादवको अध्यक्षता रहेको थियो भने केन्द्रीय कार्यबाहक सभापति डीपी अर्याल प्रमुख अतिथि रहनुभएको थियो । विशेष अतिथिका रूपमा केन्द्रीय महामन्त्री कबिन्द्र बुर्लाकोटी सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा केन्द्रीय सदस्यहरू कामिनी चौधरी, कुसुम महर्जन, केन्द्र तथा विभागीय पदाधिकारीहरू र पार्टीका विभिन्न तहका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा सहमहामन्त्री एवं संगठन विभाग प्रमुख गणेश धिमालले स्वागत मन्तव्य राख्नुभएको थियो ।
साथै डा. विमल तिवारी, बोध नारायण श्रेष्ठ, ममता शर्मा, प्रमोद न्यौपाने, प्रदीप बिष्ट, जय प्रकाश महतो, संजय यादवलगायत नेताहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै मधेश–काठमाडौँ सम्पर्क विभाग गठनले पार्टी संगठन सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
मधेश प्रदेश सम्पर्क विभाग गठनका लागि ७ सदस्यीय सिफारिस समिति गठन गरिएको थियो, जसको संयोजक प्रदेश महामन्त्री मनिश साह रहनुभएको थियो । सो समितिले गरेको सिफारिसका आधारमा केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठले नवगठित समितिको नाम घोषणा गर्नुभएको हो ।
नवगठित मधेश–काठमाडौँ सम्पर्क विभागको प्रमुखमा धनुषाका मनोज कुमार रजक चयन हुनुभएको छ भने उपप्रमुखमा रौतहटकी सीता कुमारी साह, सचिवमा पर्साका रमन कुमार श्रीवास्तव मनोनित हुनुभएको छ ।
सदस्यहरूमा मधेशका सबै जिल्लाबाट प्रतिनिधित्व हुने गरी अभिजित प्रसाद महतो, दिनेश यादव, जग्गे प्रसाद मैनाली, जय नारायण महतो, जितेन्द्र कुमार गुप्ता, मुरली चौधरी, रामपुकार महतो, रोबिन राय र सुनिल कुमार दास चयन हुनुभएको छ । कार्यक्रमको सञ्चालन प्रदेश महामन्त्री मनिश साहले गर्नुभएको थियो ।














