काठमाडौं, २७ मंसिर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ ।
भक्तपुरको सल्लाघारीमा उद्घाटन र काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र आयोजना हुनेछ । अध्यक्ष केपी शर्मा ओलीले रिमोट कन्ट्रोलमार्फत महाधिवेशन उद्घाटन गर्नेछन् ।
देशभरबाट नेता–कार्यकर्ता काठमाडौं आइपुगेका छन् । उद्घाटनअघि विभिन्न स्थानबाट जुलुस निकालिनेछ । बन्दसत्रबाट नयाँ नेतृत्व चयन हुने छ, जहाँ अध्यक्ष पदका लागि ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुनेछ ।
पोखरेलले छुट्टै दस्तावेज पेश गर्ने तयारी गरे पनि त्यसमा छलफल नहुने निर्णय गरिएको छ ।














