काठमाडौं, २६ मंसिर । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते उच्छृङ्खल गतिविधि गरेको आरोपमा पक्राउ परेका व्यक्तिहरूलाई ‘हाजिर जमानी’मा रिहा गर्न गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले देशभर सर्कुलर जारी गरेको छ ।
सो घटनामा ८७२ जना पक्राउ परेका र ३९५ मुद्दा दर्ता छन् । सम्झौता अनुसार स्क्रिनिङपछि मात्रै ज्यान मार्ने वा संगठित अपराधमा संलग्न नभएकाहरूलाई छाड्ने भनिए पनि, स्क्रिनिङ नहुँदै रिहा निर्देश दिइनुले दण्डहीनता बढ्न सक्ने प्रहरी अधिकारीहरूको चिन्ता रहेको छ ।
यो जेनजी आन्दोलनसम्बन्धी पक्राउ परेकाहरूलाई रिहा गर्न गृह मन्त्रालयले दिएको दोस्रो निर्देशन हो ।














