काठमाडौं, २५ मंसिर । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकारलाई गैरकानूनी र असंवैधानिक भएको कडा आरोप लगाएका छन् ।
राजधानी काठमाडौंमा बिहीबार आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा उनले सरकारको हालसालैका गतिविधिहरू संविधानको सीमाभन्दा बाहिर रहेको दाबी गरका छन् ।
ओलीका अनुसार राष्ट्रपतिले कार्कीलाई केवल निर्वाचन गराउने उद्देश्यले अन्तरिम सरकार प्रमुखका रूपमा नियुक्त गरेको भए पनि सरकारले त्यस भन्दा पर जान खोज्नु संविधानविपरीत छ ।
जेन–जी आन्दोलनका विषयमा गठित जाँचबुझ आयोगलाई लिएर समेत ओलीले प्रश्न उठाए । ओलीले सरकारलाई सचेत रहन आग्रह गर्दै आफूले ‘समय एकनासले चल्दैन’ भन्ने टिप्पणी समेत गरे ।
उनले सरकारले संविधान र कानुनको परिधिभित्र बस्न नसके कठोर प्रतिरोधको परिस्थिति जन्मिन सक्ने चेतावनी दिएकमा छन् ।














