काठमाडौं, २५ मंसिर । नेपालले माघ १ देखि नगद कारोबारको सीमा घटाएर ५ लाख रुपैयाँमा सीमित गर्ने निर्णय गरेको छ ।
एफएटीएफको ग्रे–लिस्टबाट बाहिरिन प्रयासरत नेपालले सम्पत्ति शुद्धीकरण र वित्तीय अपराध नियन्त्रणका लागि कडाइ गर्न यस कदम लिएको हो ।
यसअघि १० लाख रहेको सीमा घटेर ५ लाखमा झरेपछि अब योभन्दा बढी मूल्यका वस्तु–सेवा खरिद–बिक्री चेक, बैंक ट्रान्सफर वा डिजिटल माध्यमबाट अनिवार्य रूपमा गर्नुपर्नेछ ।
व्यक्तिगत खाताबाट पैसा निकाल्न भने रोक नलागे पनि बैंकले ५ लाखभन्दा बढी नगदको कारण सोध्नेछ । नियम उल्लङ्घन भएमा सम्पत्ति शुद्धीकरण ऐनअनुसार छानबिन र कारबाही हुन सक्छ ।














