काठमाडौं, २५ मंसिर । सहकारी ठगी तथा सङ्गठित अपराध आरोपमा थुनामा रहेका रास्वपा अध्यक्ष रवि लामिछाने र गोर्खा मिडियाका पूर्व–सञ्चालक छविलाल जोशीको मुद्दामा बिहीबार सुनुवाइका लागि पेशी तोकिएको छ ।
उच्च अदालत बुटवलले आज इजलास निर्धारण हुने जनाएको छ । यसअघि रवि पक्षका कानुन व्यवसायीको निवेदनका कारण दुईपटक बहस रोकिएको थियो ।
सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई रूपन्देही जिल्ला अदालतले बिगो रकम बुझाए पनि साउन २६ गते जमानत नदिई रिहा गर्न अस्वीकार गरेको थियो ।
सो आदेशविरुद्ध उनले भदौ ९ गते उच्च अदालतमा निवेदन दिएका थिए ।














