जनकपुर, २४ मंसिर । जनकपुरमा आयोजित अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले मानवअधिकारलाई विषाक्त राजनीतिक प्रभावबाट अलग राखिनुपर्ने बताएका छन् ।
हाल मानवअधिकार अत्यन्त संवेदनशील र जटिल बन्दै गएको उल्लेख गर्दै उनले राजनीतिक हस्तक्षेपले यसको वातावरण नै बिगार्ने चेतावनी दिए ।
राउतले भदौ २४ को आन्दोलनमा अदालत तथा बार एसोसिएसनसमेत जलाइए पनि न्याय र निष्ठा नजल्ने बताए । नेपाल बार एसोसिएशनद्वारा आयोजित दुईदिने राष्ट्रिय मानवअधिकार गोष्ठीमा देशभरका कानून व्यवसायीको सहभागिता रहेको छ, र बिहीबारसम्म ‘जनकपुर घोषणापत्र’ जारी गरिने बताइएको छ ।














