काठमाडौं, २४ मंसिर । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२०आई अलराउन्डर ¥याङ्किङमा लगातार दोस्रो साता ८औँ स्थानमा रहेका छन् ।
नेपालले हालसालै कुनै टी–२०आई खेल नखेलेका कारण उनको २०२ रेटिङ अंक अपरिवर्तित छ ।
नेपाली खेलाडी कुशल भुर्तेल २५औँ स्थानमा छन् भने शीर्ष स्थानमा पाकिस्तानका सायम अयुब, दोस्रोमा सिकन्दर राजा र तेस्रोमा रस्टन चेज यथावत् छन् । भारतीय अलराउन्डर हार्दिक पान्ड्या चौथो स्थानमा उक्लिएका छन् ।














