काठमाडौं, २४ मंसिर । सहकारी विभागले देशभरका सहकारी संस्थाका सञ्चालकलाई एकै समय एकभन्दा बढी पद नसम्हाल्न निर्देशन दिएको छ। सहकारी ऐन, २०७४ अनुसार कुनै व्यक्ति एउटामात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने र अर्को सहकारीमा पदमा रहन नपाइने व्यवस्थाको कडाइका साथ कार्यान्वयन गर्न विभागले आदेश दिएको हो।
विभागका अनुसार विभिन्न सहकारी तथा नियमनकारी निकायबाट जारी निर्देशन र मापदण्ड पालना नगरी अझै पनि कतिपय व्यक्ति दोहोरो वा तेहरो पद सम्हालिरहेको पाइएकाले तत्काल कानुनी व्यवस्था लागू गर्न सबै सहकारीलाई आग्रह गरिएको छ।
सहकारी क्षेत्रको सुशासन बढाउन, स्वार्थ संघर्ष रोक्न तथा स्रोतको दुरुपयोग हुन नदिने उद्देश्यले विभागले नियमनकारी निकायहरूलाई अनुगमन कडा पार्न र कानुन नमान्ने सहकारी वा सञ्चालकविरुद्ध कारबाही गर्न पनि निर्देशन दिएको छ।














