काठमाडौं, २४ मंसिर । सर्वोच्च अदालतको आदेशपछि हितेन्द्रदेव शाक्य पुनः नेपाल विद्युत् प्राधिकरण (नेविप्र) का कार्यकारी निर्देशकका रूपमा हाजिर भएका छन ।
हाजिरीपछि उनले बाँकी कार्यकाल अझै बढी मेहनतसहित पूरा गर्ने र सरकारी नीति–निर्देशनअनुसार प्राधिकरणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
ऊर्जामन्त्री कुलमान घिसिङसँग आफ्नो ऊर्जा सम्बन्धी बुझाइ समान रहेको उल्लेख गर्दै शाक्यले “मन्त्रीज्यू र म मिलेर काम ग¥यौँ भने उल्लेख्य प्रगति सम्भव छ” भने ।
प्रणाली सुधार, भरपर्दो र निरन्तर विद्युत् आपूर्ति तथा प्राधिकरणकै पहलमा आयोजना निर्माणलाई आफ्नो प्राथमिकता उनले बताए ।
जेन–जी आन्दोलनका क्रममा घर जलाइए पनि त्यही पीडाले आफूलाई रोक्न नसकेको बताउँदै उनले देशको हितका लागि अधिकतम रूपमा काम गर्ने प्रतिवद्धता दोहो¥याए ।














