काठमाडौैैं, २३ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्ध सरकार कुनै पनि अवस्थामा पछि नहट्ने स्पष्ट घोषणा गरेकी छन् ।
भ्रष्टाचारविरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसमा उनले आफ्नो सरकार ‘जेनेजी आन्दोलन’को मागअनुसार सुशासन स्थापनामा दृढ प्रतिबद्ध रहेको बताइन् ।
उनका अनुसार भ्रष्टाचार नियन्त्रणका कडा कदमले केही समूहहरूबाट प्रत्यक्ष–परोक्ष धम्की आए पनि सरकार नडराई अघि बढ्नेछ ।
प्रधानमन्त्रीले राष्ट्रसेवक र सम्बन्धित निकायका पदाधिकारीलाई व्यावसायिक स्वतन्त्रता प्रयोग गरी अडिग भएर काम गर्न आग्रह गरिन्।
भ्रष्टाचार नियन्त्रण सबै निकायको साझा जिम्मेवारी भएको र सुशासन कायम गर्न जन–अभियान, निकायगत सुधार र कानुनी कारबाहीलाई सरकारले सशक्त रूपमा अघि बढाइरहेको उल्लेख गरिन् ।














