काठमाडौँ, २३ मंसिर । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।
सोमबार आयोग परिसरमै स्थापना भएको कार्यालयको उद्घाटन कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गरे । आयोगको निर्णय अनुसार सचिव महादेव पन्थ समानुपातिक निर्वाचन अधिकृत र सहसचिव यज्ञप्रसाद भट्टराई सहायक अधिकृत तोकिएका छन् ।
समानुपातिक व्यवस्थापनका लागि ४१ कर्मचारी खटाइनेछन्। कुल २७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० जना समानुपातिक८८ माध्यमबाट चुनिने व्यवस्था छ ।
उद्घाटन समारोहमा आयुक्तद्वय तथा आयोगका कर्मचारीको उपस्थिति थियो । साथै अर्थमन्त्री र कानुनमन्त्रीले आयोगसँग निर्वाचन तयारीबारे छलफल गर्दै बजेट र कानूनी सहयोग सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन् ।
आयोगका अनुसार यी तयारीहरूले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने अपेक्षा गरिएको छ ।














