सिरहा, २२ मंसिर । सिरहाको कर्जन्हा नगरपालिका–२ मा १७ वर्षीया अस्मिता बैध मृत अवस्थामा फेला परेकी छन् ।
सोमवार दिउँसो स्थानीयले समुदाय विद्यालयको मैदान छेउमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुगेपछि मुचुल्का उठाइ शवलाई पोष्टमार्टमका लागि पठाइएको छ ।
मृत्युको कारण प्रारम्भिक रूपमा नखुलेको र अनुसन्धानपछि मात्र तथ्य स्पष्ट हुने प्रहरीले जनाएको छ ।














