जनकपुर, २१ मंसिर । जनमत पार्टीका मधेस प्रदेश संसदीय दलका नेता महेश यादव मधेस सरकारको अर्थमन्त्री नियुक्त भएका छन् ।
अघिल्लो पटक सतीशकुमार सिंह मुख्यमन्त्री बन्ने क्रममा यादव बलियो दाबेदार भए पनि पार्टी अध्यक्ष सीके राउतले सिंहलाई अघि सारेका कारण उनी पन्छिएका थिए ।
त्यसबेला असन्तुष्ट रहे पनि यादवले प्रभावकारी भूमिका खेलिरहे । पछिल्लो समयमा राउतसँग सम्बन्ध सुधारेपछि उनलाई अर्थ मन्त्रालयको नेतृत्व दिइएको हो ।
यादव सप्तरी २(ख) बाट सांसद हुन् । पूर्वमुख्यमन्त्री सिंह भने जनमतबाट विभाजित जनस्वराज पार्टीतर्फ लागे पनि अदालतले पार्टीलाई मान्यता नदिएकाले उनको सांसद पद संकटमा छ ।
यादव दीर्घ राजनीतिक पृष्ठभूमिका नेता हुन्, जबकि सिंह मात्र नौ वर्षअघि राजनीतिमा आएका थिए ।














