जनकपुर, २१ म्ंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
कांग्रेस संसदीय दलका नेता यादव सात दलका ७७ सांसदको समर्थनमा मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । एमाले नेता सरोज कुमार यादवले राजीनामा दिएपछि कांग्रेस नेतृत्वमा नयाँ सरकार बन्ने मार्ग खुलेको हो ।
यसअघि सातदलीय गठबन्धनले दायर गरेको रिटमा सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको थियो ।
यादवले मंसिर २४ गते विश्वासको मत लिने तयारी गर्दै आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् ।














