जनकपुर, २० मंसिर । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेशमा बनेको नयाँ सत्ता समीकरणको प्रभाव अन्य प्रदेशहरूमा पनि देखिने दाबी गरेका छन् ।
जनकपुरमा आयोजित पार्टीको एकता सन्देश सभा कार्यक्रममा उनले मधेशमा परम्परागत गठबन्धनहरू भङ्ग भएर नेकपा, मधेशवादी दल र नेपाली कांग्रेस सम्मिलित नयाँ सरकार बनेको उल्लेख गर्दै यही मोडेल देशभर फैलिने दाबी गरे ।
उनका अनुसार जेनजी आन्दोलनले सबै दललाई आत्मसमिक्षा र सुधारको अवसर दिएको छ, र व्यापक एकतामार्फत देश विकासतर्फ अघि बढ्नेछ ।
प्रचण्डले प्रतिगमन रोक्न सबै जनताको एकताको आवश्यकता औंल्याउँदै एमालेभित्रका बामपन्थी तथा अन्य कम्युनिस्टहरूलाई पनि नेकपामा एकताबद्ध गरिने बताए ।
साथै, मधेशका प्रमुख विकास परियोजनाहरू कम्युनिस्ट नेतृत्वमै सम्पन्न हुने दाबी गरे ।














