दाङ, २० मंसिर। दाङको लमही बजारमा दिनदहाडै गोली चलेको छ ।
लमही बजारस्थित जुन तारा सुनचाँदी पसलमा अज्ञात व्यक्ति आएर गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
गोली लागेर पसल सञ्चालक घाइते छन् । सुन पसल लुटपाट गर्ने उद्देश्यले गोली प्रहार गरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
सुन पसल गोली प्रहार गर्ने व्यक्ति फरार रहेका प्रहरीले जनाएको छ । थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएका छन ।














