नवलपरासी, २० मंसिर । पूर्वी नवलपरासीको देवचुली–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वनमा ८ मृग मृत अवस्थामा भेटिएका छन् ।
एकैपटक ठूलो संख्यामा मृग मरेको घटना पहिलो भएकाले चितवन राष्ट्रिय निकुञ्जले यसको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको छ ।
मृत मृगको पोस्टमार्टम गरी संकलित नमूना राष्ट्रिय विधि विज्ञान प्रयोगशाला पठाइँदै छ । रिपोर्टपछि प्राकृतिक कारण हो कि मानिसले विष प्रयोग गरेको हो भन्ने स्पष्ट हुने निकुञ्जका सूचना अधिकारीले बताए ।
घटना दुःखद भएकाले दोषी फेला पारी कारबाही गर्ने तयारी निकुञ्जले जनाएको छ ।














