काठमाडौं, १९ मंसिर । एक उच्च पदस्थ व्यक्तिलाई दिइएको धम्की प्रकरणमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
धम्की दिएको आरोप लागेका प्रकाश पाठकसँग परिचय र सम्पर्क देखिएका ती दुई जनालाई सोधपुछका लागि ल्याइएकाचेन् । प्रहरीले उनीहरूको परिचय सार्वजनिक गरेको छैन ।
यसअघि मिति उल्लेख नभएको दुई पृष्ठको पत्र सार्वजनिक भएको थियो, जसमा ‘एस्ट्रिमिस्ट ग्रुप अफ नेपाल (ईएनजी)’ नाम प्रयोग गर्दै प्रमुख आयुक्त प्रेमकुमार राईलगायत केही उच्च पदस्थ अधिकारी तथा व्यक्तिहरूलाई धम्की दिइएको थियो ।
पत्र सार्वजनिक भएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयले सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको थियो। त्यस्तै, प्रकाश पाठक नामले अर्को भिडियो जारी गर्दै दस दिनभित्र राजीनामा माग्दै अख्तियार प्रमुख राईलाई थप धम्की दिएका थिए ।
यस घटनापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरीसँग परामर्श गरी सुरक्षा विषयमा छलफल गरेको छ।














