एजेन्सी, १९ मंसिर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई हिन्दू धर्मावलम्बीहरूको पवित्र ग्रन्थ ‘गीता’ उपहारस्वरूप प्रदान गरेका छन् ।
दुई दिने भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेका पुटिनलाई मोदीले बिहीबार रूसी भाषामा अनुदित गीता हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै भनेका छन्, “राष्ट्रपति पुटिनलाई रूसी भाषामा उपलब्ध गीताको एक प्रति दिएँ । यसको शिक्षाले विश्वभरका लाखौं मानिसलाई प्रेरित गर्दै आएको छ ।”
दुईदिने औपचारिक भेटघाटका लागि पुटिन बिहीबार नयाँ दिल्ली अवतरण गरेका थिए । उनको विमान पालम एयरपोर्टमा अवतरण गरेपछि भारतीय प्रधानमन्त्री मोदी स्वयं एयरपोर्ट पुगेर स्वागत गरेका थिए ।
औपचारिक स्वागत–समारोहपछि दुवै नेता एउटै सवारीमा सँगै मोदीको आवासतर्फ प्रस्थान गरेका थिए ।














