काठमाडौं, १९ मंसिर । निर्वाचन आयोगले आगामी राष्ट्रिय सभा (११ माघ) र प्रतिनिधिसभा (२१ फागुन) निर्वाचनको तयारीबारे सरकार, राजनीतिक दल, सुरक्षा निकाय र जेनजी प्रतिनिधिलाई शुक्रबार वालुवाटारमा बस्ने सर्वपक्षीय बैठकमा बृफिङ गर्ने भएको छ ।
बैठकमा कानुनी जटिलता, स्रोत–साधन, सुरक्षा चुनौती, आर्थिक अवस्था तथा तयारीको समग्र स्थिति प्रस्तुत गरिनेछ । आयोगका अनुसार विश्वसनीय वातावरण सुनिश्चित गर्न सरकार र दलहरूबीच आपसी विश्वास आवश्यक छ, र लुटिएका हतियारको मुद्दालगायत संवेदनशील विषयहरू पनि बैठकमा उठाइनेछन् ।
राष्ट्रिय सभामा १३ दल र प्रतिनिधिसभामा भाग लिन ११७ दलले निवेदन दिएका छन् ।














